खेलकुद पत्रकार मञ्चमा सुवेदी निर्वाचित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२२
  • |
  • 419 पटक हेरिएको

काठमाडौं, २२ चैत । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा निर्वतमान महासचिब प्रकाश तिम्लिसेनालाई १४ मत अन्तरले पारजित गरि आगामी तीन वर्षका लागि अध्यक्ष भएका हुन् । नेपाल टेलिभिजनका सुवेदीले ५५ मत पाउँदा हाम्रो खेलकुद डटकमका तिमिल्सेनाले ४१ मत पाए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा सञ्जीव सिल्पकार निर्विरोध निर्वाचित भए । यसैगरी उपाध्यक्षहरुमा कान्तिपुर दैनिकका धुव्रतुलाधर(७१) र इमेज च्यानलका निरञ्जन अधिकारी (५७) मत सहित विजयी भए । महासचिबमा काठमाडौं पोस्टका प्रज्वल ओली ६३ मत ल्याएर निर्वाचित भए ।

सचिबमा अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी ५८ मत सहित विजयी हुँदा कोषाध्यक्षमा राईजिङ नेपालका अञ्जन खड्का निर्विरोध भए ।

यसैगरी महिला सदस्यमा राससकी मुना कार्की निर्विरोध निर्वाचित हुँदा तीन जना खुला सदस्यका लागि भने निर्वाचन भएको थियो । जसमा राजधानी दैनिककमा दिलबहादुर तामाङ(५०) खेलपाटी डटकमका हिमबिक्रम केसी (४४) र नागरिक दैनिकका अनिल मल्ल ठकुरी ३६ मत सहित विजयी भए ।

साधारणसभाको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey