बार्सिलोनाले पूर्व स्ट्राइकर क्वीनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने

0

फागुन १९ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने एथ्लेटिको मड्रिडबिरुद्धको खेलअघिको वार्म अप सेसनमा बार्सिलोनाले आफ्ना महान स्ट्राइकर इनरिक कास्ट्रो क्वीनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने भएको छ ।

बार्सिलोना तथा स्पेनको राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर क्वीनीको यसै साता ६८ वर्षको उमेरमा निधन भएको हो ।

बार्सिलोनाले उनका पूरा परिवारलाई एथ्लेटिकोबिरुद्धको खेलमा सहभागिताका लागि आमन्त्रण गरेको छ । बार्सिलोनाले एक भावनात्मक भिडियोको माध्यमबाट क्वीनीको लागि श्रद्धाञ्जलि दिनेछ जुन खेल सुरु हुनुभन्दा केहि मिनेट अघि देखाइनेछ ।

बार्सिलोनाबाट दुई पटक ला लिगामा सर्बाधिक गोलकर्ताको रुपमा पीचीची अवार्ड जितेपछि क्वीनी समर्थकको नजरमा परेका थिए ।

सन् १९८० देखि ४ वर्षसम्म बार्सिलोनामा रहँदा उनले ५४ गोल गरेका थिए भने दुई पटक कोपा डेल रे र दुइ अन्य कप पनि जितेका थिए ।

यसका अलावा उनले स्थानीय समर्थकको माया र सम्मान कमाए । त्यसैले शनिबार उनका परिवारले देख्नेछन् कि क्याटलान जनताले क्वीनीलाई कति मिस गरिरहेछन् ।

Post Add 1025X115
Loading...