‘आठौँमा नेपालगञ्ज आउने पाहुनालाई हलुवा, पराठाले स्वागत गर्न आतुर छौँ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२१
  • |
  • 223 पटक हेरिएको

नेपालगन्ज, २१ चैत । नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो ।


नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा ।

बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा आवत जावत गर्ने बटुवा हुन् उनको हलुवा पराठा नचाखेका कमै होलान् । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्न परेको छैन । बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै भएको उनले सुनाए ।

हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केहि वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । शहरको अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ ।

अन्य स्थानको भन्दा चौलिक्का चोकको हलुवा पराठा नै अधिकांशको जिव्रोले मन पराउने गरेको छ । त्यसैले जमिलको पराठा पसलमा खानेको झुण्ड लाग्ने गरेको छ । उनले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन् ।

हलुवा, पराठाले खेलाडीको स्वागत गर्न आत्तुरः हलुवा ब्यवसायी

नेपालगन्जमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय प्रतियोगितामा आउने पाहुना, खेलाडी, प्रशिक्षक र दर्शकको स्वागत गर्न आत्तुर रहेको नेपालगन्जका हलुवा, पराठा ब्यापारीले बताएका छन् । राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा हुने सुनेपछि खुशी लागेको बताउँदै उनीहरुले बाहिरबाट आएका पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने बताए ।


आठौँ राष्ट्रिय प्रतियोगितामा आउने पाहुनालाई हलुवा पराठा खुवाउन बन्दोबस्त मिलाई सकेको जलिलले बताए । उनले नेपालगन्जको पहिचान बोकेको हलुवा पराठाको स्वाद चखाएर खेलाडी र पाहुनालाई पठाउने बताए । ‘नेपालगन्जलाई चिनाउने गरि मिठो स्वादका साथ पाहुनालाई हलुवा पराठा खुवाएर पठाउने योजना छ,’ उनले भने ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal