Prabhu Bank

राष्ट्रिय खुला कराते च्याम्पियनसिप फागुन २५ देखि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 2 पटक हेरिएको

फागुन १८, काडमाडौं । आठौं राष्ट्रिय खुला कराँते च्याम्पियनसिप फागुन २५ गतेदेखि हुने भएको छ ।

नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्राङ्गणमा हुने प्रतियोगितामा महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाका अनुसार दुई दिने प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरबाट गरी तीन सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आठ लाख रुपैयाँ अनुमानित खर्च रहेको यस प्रतियोगिताका लागि बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ ले दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यबाहक वडाध्यक्ष विनोदकुमार तामाङले बताए ।