Prabhu Bank

राष्ट्रिय क्लव भलिबलको उपाधिका लागि आर्मी र हेल्प नेपाल भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 0 पटक हेरिएको

फागुन १८, काठमाडौं । चौथो एनएसटी–एनभिए राष्ट्रिय क्लव भलिबलमा त्रिभुवन आर्मी र हेल्प नेपाल क्लव पुरुषतर्फ उपाधिका लागि आमनेसामने हुने भएका छन् । महिलातर्फ चीर परिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा सम्पन्न सेमिफाइनल खेलमा हेल्प नेपाल क्लवले नेपाल पुलिसलाई ३–२ को सेटमा हरायो । पहिलो सेट हेल्प नेपालले २५–२१ ले जितेकोमा दोस्रो सेट १४–२५ ले गुमायो ।

तेस्रो सेटमा हेल्प नेपाल पुनः खेलमा फर्कँदै २५–२२ ले जित्यो । चौथो सेटमा पुलिस हावी हुँदै २२–२५ ले जिते पनि अन्तिम सेट १५–१२ ले गुमाउन पुग्यो ।

अर्को खेलमा त्रिभुवन आर्मीले भने एपीएफबिरुद्ध ३–० को सेटमा सहज जित हासिल गर्दै फाइनलमा अ‍ेल्प नेपालसँगको भेट निश्चित बनायो । राष्ट्रिय खेलाडीहरुले भरिएको आर्मीले एपीएफबिरुद्ध २५–१८, २५–२१ र २७–२५ को जित हासिल गरेको थियो ।

यता महिलातर्फ न्यु डायमण्ड र एपीएफले पुनः एकपटक फाइनलमा भेट पक्का गरे । पुलिसलाई ३–१ को सेटमा हराउने क्रममा न्यू डायमण्डले पहिलो सेट २५–१३ ले जितेको थियो । तर, दोस्रो सेट २१–२५ ले गुमायो । त्यसपछिका दुई सेटमा उसले लगातार २५–१६ र २८–२६ ले जितेर फाइनलमा पुग्यो ।

यता एपीएफले भने बिभागीय प्रतिस्पर्धी आर्मीबिरुद्ध सहज जित हासिल गरेको छ । उनले आर्मीको चुनौति २५–१२, २५–११ र २५–१९ ले सहज रुपमा पन्छायो ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।