आठौंको उद्घाटनको निम्तो दिन सदस्यसचिव काठमाडौंमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१९
  • |
  • 201 पटक हेरिएको

बाँके, १९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भए लगत्तै नेपालगन्ज आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट राजधानी फर्किएका छन् ।

नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारीक निम्तो दिन बिष्ट राजधानी फर्किएका हुन् ।

आठौँ राष्ट्रिय प्रतियोगिताको तयारी र सहयोगका लागि मंगलबार नेपालगन्जमा विभिन्न व्यक्तिसँग छलफल गरेर उनी राष्ट्रपतिलाई निम्तो दिन राजधानी गएको उनका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह ५ बैशाख, २०७६ मा नेपालगन्ज रंगशालामा हुने भएको छ । भने समापन पनि नेपालगन्ज रंगशालामा हुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey