Mega Bank

आठौं राष्ट्रिय खेलकुदका लागि सुरक्षा व्यवस्था मजबुत

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७५-१२-१९
  • |
  • 53 पटक हेरिएको

बाँके, १९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने स्थानको जानकारी लिन बाँकेका सुरक्षा निकायले चासोका साथ हेरेका छन् । भीआइपी र भिभिआइपीको सुरक्षाका लागि रणनीति बनाउन बाँकेमा रहेका सुरक्षा निकायका प्रमुखले प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालाको नियमित रुपमा अनुगमन र अवलोकन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, हेडक्वार्टर गण नंं. ३०, महेन्द्रनगरका प्रहरी उपरीक्षक (एसपी) भेषबहादुर शाहले मंगलबार नेपालगन्ज रंगशाला र मंगलप्रसाद मावि खेल मैदानको अनुगमन गरेका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनुभन्दा केहि दिनअघि देखिनै सुरक्षा व्यवस्था चुस्त पारिने प्रहरी उपरीक्षक शाहले बताए ।

देशभरीका खेलाडी, प्रशिक्षक, एम्पायर, भिआइपी, भिभिआइपी लगायतको सुरक्षा रणनीति बनाइने उनले बताए । ‘प्रतियोगिता अवधिभर खेलाडी र पाहुनालाई सुरक्षा प्रदान गर्न बाँकेका सुरक्षा निकाय कटिबद्ध छन्,’ नेपालगन्ज रंगशालामा भेटिएका एसपी शाहले भने, ‘सुरक्षाको लागि कसैले चिन्ता लिनु पर्दैन, सुरक्षाको सम्पूर्ण ब्यवस्था हामीले मिलाई सकेका छौँ ।’
यसअघि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका उच्च तहका कर्मचारीले पनि उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालाको अनुगमन गरिसकेका छन् ।

भर्खरै

Advertisement