अार्सनलकाे पाेष्टमा सिटीकाे ३ गाेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 184 पटक हेरिएको

नेप्लेज १८ फागुन ।  इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले पाखा लगाएको छ ।

गएराति आफ्नै मैदानमा खेलेको आर्सनलविरुद्ध सिटीका बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे ।
गएरातिको जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा आफ्नो अग्रता १६ अंकले फराकिलो पारेको छ ।

लिगमा २८ खेलबाट सिटीको ७५ अंक छ । समान खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपूलको ५७ अंक छ । अब १० वटा खेल बाँकी छन् ।

 

५५ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा ५३ अंक जोडेको चेल्सी पाँचौ तथा ४५ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal