ला लिगमा बार्सिलोना अंक बाँड्न बाध्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१८
  • |
  • 162 पटक हेरिएको

नेप्लेज १८ फागुन । स्पेनिस ला लिग फुटबलमा बार्सिलोना अंक बाँड्न बाध्य भएको छ । गयरातिको खेलमा लास पाल्मासले बराबरीमा रोकेपछि वार्साले अंक बाँडेको हो ।

खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा बार्सिलोनाका लियोनल मेस्सीले २१ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
तर, ४८ औं मिनेटमा लास पाल्मासले पाएको पेनाल्टीलाई जोनाथन क्यालेरीले गोलमा परिणत गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

गएरातिका खेलहरुपछि स्पेनिस ला लिगको अंक तालिकामा २६ खेलबाट ६६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावतनै छ । समान खेलबाट ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ५१ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey