तेक्वान्दोकाे विशेष प्रशिक्षण सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१८
  • |
  • 338 पटक हेरिएको
युके स्पोर्ट्सको सहयोग तथा नेपाल तेक्वान्दो संघको आयोजनामा राष्ट्रिय खेलाडीको विशेष प्रशिक्षण सोमबारदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा सुरु भएको छ ।
प्रशिक्षणमा तीन विभागीय (आर्मी/प्रहरी/एपीएएफ), सातै प्रदेश, केन्द्रसहित पारा खेलाडी गरी ५० जनाको सहभागिता रहेको छ ।
पाँचदिने प्रशिक्षणको संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा युके स्पोर्ट्सकी अध्यक्ष एवं ओलम्पिकको रोविङमा ४ पटककी स्वर्ण विजेता डेम क्याथ्रिन ग्रेन्गरलगायतको उपस्थिति थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey