एसिया प्यासिफिक तेक्वान्दोमा नेपालकी सबिना श्रेष्ठलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१८
  • |
  • 206 पटक हेरिएको
मलेसियामा भएको एसिया प्यासिफिक तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सबिना श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
मलेसियाको सेलेङ्गरस्थित मेडिकल साइन्स युनिर्भसिटीको कभर्डहलमा च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ ५४ केजीमुनि स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अंकबहादुर घर्तिमगरले जानकारी दिए । सबिनाले फाइनल खेलमा मलेसियाका खेलाडी साह आलमलाई हराउँदै ७–० ले स्वर्ण जितेकी थिइन् ।
त्यसअघि सबिनाले आफ्ना ६ प्रतिद्वन्द्वीलाई पन्छयाउँदै स्वर्ण पदकका लागि भिडन्त तय गरेकी थिइन् । प्रतियोगितामा नेपालका ९ जना खेलाडीले फाइट र प्याटर्नमा प्रतिस्पर्धा गरे पनि पदकविहीन रहेको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । उक्त प्रतियोगितामा १३ राष्ट्रका १ हजार ७ सय ५० खेलाडीले चुनौती प्रस्तुत गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey