Prabhu Bank

नेपाल र हङकङबीचको अभ्यास खेल रद्ध

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 4 पटक हेरिएको

फागुन १७, काठमाडौं । वर्षाका कारण हिलाम्य मैदानमा खेल्न नसकिएपछि एकदिवशीय विश्वकप छनोटका लागि जिम्बाबेमा रहेको नेपाली टोलीको हङकङबिरुद्धको अभ्यास खेल रद्ध भएको छ ।

हरारेस्थित क्वे क्वे क्रिकेट मैदानमा गएको रातभर पानी परेकाले मैदान हिलाम्य भएपछि निर्धारित समय (नेपाली समय अनुसार दिउँसो सवा १ बजे) खेल सुरु हुन सकेन ।

दुवै टोली मैदान सुकेपछि खेल सुरु हुने प्रतीक्षामा थिए । खेल पौने तीन बजेदेखि सुरु हुने भनिएको थियो, त्यसपछि सारेर सवा चार बजेदेखि सुरु गरिने भनिएकोमा मैदान खेल्न मिल्ने नभएपछि रद्ध गरएिको हो ।

गत मंगलबार भएको पहिलो वार्मअप खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।

फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपालले हङकङसँगै प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग, २४ गते स्कटल्याण्ड र २६ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

पाँच टोली सम्मिलित समूह बी मा परेको नेपालले समूह चरणको शीर्ष तीनभित्र रहन सके सुपर सिक्स चरणमा प्रवेश पाउनेछ । नेपालले समूहको एकमात्र खेल जिते पनि एकदिवशीय मान्यता पाउनेछ । सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए नेपाल पुनः डिभिजन टू मा झर्नेछ ।

भर्खरै

Advertisement