Prabhu Bank

पतञ्जली जुडो क्लबमा मनाइयो फागु पूर्णिमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 5 पटक हेरिएको

फागुन १७, काठमाडौं । मण्डिखाटारमा रहेको पतञ्जली जुडो क्लबका खेलाडीले बिहीबार फागू पूर्णिमा मनाएका छन् । क्लबमा रहेका ६० खेलाडीहरुले एक आपसमा अविर र शुभकामना साटासाट गरी सामूहिक फागू मनाएका हुन् ।

रंग लगाउने कार्यक्रम सकिएपछि खेलाडीहरुलाई अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा सहभागी हुने पहिलो नेपाली महिला खेलाडी निर्मला महर्जनले जुम्बा नृत्यमा नचाएर मनोरञ्जन गराएकी थिइन् ।

२०७२ सालको भूकम्पमा कसैले बुवा, कसैले आमा त कसैले दुवैलाई गुमाएका क्लबका खेलाडीहरु हाल पतञ्जली योग आश्रममा आश्रित छन् ।

करिब २ महिनाअघि खोलिएको क्लबमा नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ र मनोज केसीले प्रशिक्षण दिइरहेका छन् । खेलाडीहरु बिहान योगा गर्छन र अपरान्ह २ घण्टा जुडो सिक्छन् ।

खेलकुदको माध्यमबाट समाजमा स्थापित गराउने र उनीहरुलाई जुडो खेलमा आकर्षित गर्ने प्रयास स्वरुप क्लब स्थापना गरिएको महासचिव श्रेष्ठले बताए ।

भर्खरै

Advertisement