वर्षाका कारण नेपाल र हङकङबीचको खेल प्रभावित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 186 पटक हेरिएको

फागुन १७, काठमाडौं । एकदिवशीय विश्वकप छनोट खेल्न जिम्बाबेमा रहेको नेपाली टोलीले बिहीबार हङकङसँग वार्म अप म्याच खेल्दैछ ।

हरारेस्थित क्वे क्वे क्रिकेट मैदानमा रातभर पानी परेकाले खेल निर्धारित समयमा सुरु हुन सकेको छैन ।

रातभरको पानीले मैदान हिलो भएकाले स्थानीय समय अनुसार साढे नौ (नेपाली समयअनुसार दिउँसो सवा १) बजेदेखि सुरु हुनुपर्ने खेल रोकिएको छ ।

अब नेपाली समयअनुसार अपराह्न पौने तीन बजेदेखि खेल सुरु हुनेछ ।

फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपालले हङकङसँगै प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग, २४ गते स्कटल्याण्ड र २६ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

पाँच टोली सम्मिलित समूह बी मा परेको नेपालले समूह चरणको शीर्ष तीनभित्र रहन सके सुपर सिक्स चरणमा प्रवेश पाउनेछ । नेपालले समूहको एकमात्र खेल जिते पनि एकदिवशीय मान्यता पाउनेछ । सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए नेपाल पुनः डिभिजन टू मा झर्नेछ ।

यसअघि नेपालले मंगलबार युएईसँग वार्म अप खेल खेलेको थियो । त्यस खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal