दशरथ र‌ंगशालाकाे एथलेटिक ट्रयाक बनाउन सामान चीनबाट आयाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१७
  • |
  • 206 पटक हेरिएको

२०७२ सालको भूकम्प पछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरको दशरथ रंगशाला अहिले पुनर्निर्माण भइरहेको छ । भूकम्प पछि क्षतिग्रस्त भएको रंगशालाको पुर्ननिर्माण चीनले गरिरहेको छ ।

चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड पूरै नयाँ, दशरथ स्टेडियमको साउन्ड सिस्टम बनाउने जिम्मा लिएको छ । त्यसैगरी ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल मर्मत, सुटिङ रेन्च सिस्टम पनि पूरै परिवर्तन गर्दै छ । काठमाडौंको लैनचौरस्थित कबर्डहलको साउन्ड सिस्टम परिवर्तनलगायत संरचना पुनर्निमाण गर्ने जिम्मा लिएको छ ।

पुनर्निर्माणका लागि १ अर्ब २० करोड रुपैयाँ लाग्ने छ । अहिले चाइना एड मार्फत काम भइरहेको छ । त्यसका लागि चीनबाट सामानहरु काठमाडौं आइपुगेका छन् । यस्तैमा ट्रयाक बनाउनकालागि बेस तयार पारिएकाे छ भने कालाेपत्रेकाे काम भइरहेकाे छ । याे सकिएपछि रंगशालामा सन्थेटिक ट्रयाक राखिने छ । यसका साथै फ्ल्डलाइट, साउण्ड सिस्टम, साइट स्क्रिनकाे कामपनि चरण बद्द रूपमा हुनेछ ।

रंगशालाको सेन्थेटिक ट्रयाकका लागि आवश्यक पर्ने सामाग्रीहरु आईपुगेका छन् । आगामी डिसेम्बरमा हुने १३ औं साग गेम्सको मुख्य प्रतियोगितास्थलको रुपमा रहेको रंगशाला असाढ मसान्तभित्र पुरा गर्ने लक्ष्य लिइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey