टाेटनह्ययाम एफ ए कपकाे क्वार्टरफाइनलमा, लाेरेन्टेकाे ह्ययाट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१७
  • |
  • 141 पटक हेरिएको

फागुन १७ । तेस्रो डिभिजनको क्लब रोचडेललाई हराउँदै प्रिमियर लिग क्लब टोननह्याम एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पाँचौं चरणमा २–२ गोलको बराबरी भएपछि रोचडेल र टोटनह्यामवीच फेरी प्रतिष्पर्धा गराइएको हो ।

विम्ब्ली रंगशालामा भएको खेलमा टोटनह्यामले रोचडेललाई ६–१ ले स्तब्ध बनाउँदै फर्नाण्डो लोरेन्टेले ह्याट्रिक गरे । २३ औं मिनेटमा ह्युङ मिन सनले २३ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । तर ३१ औं मिनेटमा हुमफ्रिसले रोचडेलका लागि बराबरी गोल गरे ।

पहिलो हाफमा टोटनह्यामलाई बराबरीमा रोक्न सफल रोचडेलले दोस्रो हाफमा भने रोक्न सकेन ।
लोरेन्टेले ४७, ५३ र ५९ मिनेटमा गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गर्दा टोटनह्यामले ४–१ को अग्रता लियो ।

६५औं मिनेटमा ह्योङ मिन सनले आफ्नो नाममा दोस्रो गोल राख्दा टोटनह्यामले ५–१ को अग्रता लियो ।

टोटनह्याम यतिमा रोकिएन । इन्ज्युरी समयमा केल वाकर पिटरर्सले गोल गर्दै टोटनह्यामलाई ६–१ को जित दिलाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey