Prabhu Bank

एनभिए राष्ट्रिय भलिबलमा न्यू डायमण्ड समुह विजेता

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 5 पटक हेरिएको

फागुन १६ । चौथो एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी समूहको विजेताका विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा बुधबार सम्पन्न महिला तर्फ समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदे न्यू डायमण्ड समुहको विजेता बनेको हो । न्यू डायमण्डले आर्मीलाई २५–१५, २५–११ र २५–२० को सोझो सेटमा हराएको थियो ।

महिला तर्फको अर्को खेलमा पद्मोदय युथ क्लब चितवनले ढोरपाटन स्पोर्टस क्लबमाथि १९–२५, २५–१६, २५–९ र २५–२० को सान्त्वना जित निकाल्यो ।

नयाँ बजार र मणीमुकुन्द क्वाटर फाईनलमा

पुरुषतर्फ नयाँ बजार सामाजिक युवा क्लब र मणीमुकुन्द क्लब क्वार्टर फाईनलमा प्रवेश गरेका छन् ।
अन्तिम लिग खेलमा नयाँ बजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हराउदै उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनायो ।

प्रतिस्पधात्मक खेलमा नयाँ बजारले काभ्रेलाई २५–१७,२७–२५ र २६–२४ को सेटमा हराउदै क्वाटर फाईनलमा आर्मीसँग भेट पक्का गरेको छ ।

अर्को खेलमा मणीमुकुन्दले पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराउँदै समूह ए बाट उपबिजेताको रुपमा स्थान सुरक्षित गरेको छ ।
मणीमुकुन्दले क्वाटर फाईनलमा एपीएफको सामना गर्ने छ । पुरुषतर्फको अन्तिम लिग खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठलाई २५–२०,२५–१७,१९–२५ र २५–२३ को सेटमा हराउदै समूह उपबिजेताको रुपमा क्वार्टर फाईनलमा हेल्पनेपाल स्पोर्टस् क्लबसग भेट पक्का गेरेको छ ।

त्यस्तै अर्को क्वाटर फाईनल खेलमा पुलिस र ढोरपाटन खेल्ने छन् ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् ।

भर्खरै

Advertisement