मुवाँथाइमा कक्षपतिको निरन्तरता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१६
  • |
  • 252 पटक हेरिएको
गणेशलाल कक्षपतिलाई अध्यक्षमा निरन्तरता दिदै राष्ट्रिय मुवाँथाइ संघ नेपालको चुनावी साधारण सभाले १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्वारोध चयन गरेको छ ।
उपाध्यक्षमा उमेशकुमार खड्का र निलम अधिकारी, महासचिवमा राजेश महर्जन, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा भिमा श्रेष्ठ रहेका छन् । विकेश देउला, दीपक तामाङ, अमर महर्जन, राजु कक्षपति, धनबहादुर ठकुरी, सन्तोष घलान, मनीष लिबी, कविकृष्ण मधिकर्मी, साजन माली, सुजाता पोखरेल र भूपेश शाक्य छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey