Prabhu Bank

क्यारेबियन कप टि–२० क्रिकेटको उपाधि गोल्डेनगेटलाई

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 3 पटक हेरिएको

फागुन १६, काठमाडौं । क्यारेबियन कप अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेशनल कलेजले जितेको छ ।

पुल्चोक इञ्जिनियरिङ कलेजको मैदानमा बुधबार भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १०७ रनको योगफल खडा गरेको थियो । पाटनका सुवास धामीले ३४ तथा राजन चौधरीले ३२ रन जोडे । बलिङतर्फ गोल्डेनगेटका दिनेश अधिकारीले २ विकेट लिए ।

जवाफमा गोल्डेनगेटले १२ ओभर २ बलमा ४ विकेट गुमाएर १०८ रन जोड्दै उपाधि जित्यो । गोल्डेनगेटको जितमा म्यान अफ द फाइनल जितेन्द्रसिंह ठकुरीले ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रवि शाहले १९ रन बनाए । पाटनका युवराज जोशीले २ विकेट हात पारे । उपाधिसंगै गोल्डेनगेटले १ लाख नगद पुरस्कार पायो भने पाटनले ५० हजार नगदमा चित्त बुझायो ।

क्यारेबियन कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा समावेश तीनै विधागत उपाधि गोल्डेनगेटका जितेन्द्रले जिते । जितेन्द्र म्यान अफ द सिरिज, उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याट्सम्यान बने ।

उनले ब्याटिङतर्फ प्रतियोगिताभर २ सय ४१ रन बनाएका थिए, जसमा एक शतक पनि सामेल छ । बलिङमा उनले जम्मा ७ विकेट लिए । जितेन्द्रले म्यान अफ द सिरिज का लागि १० हजार नगद पुरस्कार पाए भने बाँकी दुईका लागि समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरे ।

फागुन ९ गतेदेखि सञ्चालित नकआउट प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

 

भर्खरै

Advertisement