आठौं राष्ट्रिय खेलकूद बैशाख ५ देखि ११ गतेसम्म

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१५
  • |
  • 175 पटक हेरिएको

काठमाडौं, १५ चैत । प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद वैशाखमा पुगेको छ ।

राष्ट्रिय खेलकूद परिषद् राखेपको १११ औं बोर्ड बैठकले बैशाख ५ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरि मिति तय गरेको श्रोतले जनाएको छ ।

गत मंसिरमा प्रतियोगिता हुनु पर्नेमा तत्कालिन अवस्थामा पूर्वाधार निर्माण समयै नसकिए पछि मिति सार्दै आइएको थियो । आजको बैठकले बैशाख ५ गते नेपालगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने गरि मिति पारित गरेको जनाइएको छ ।

अहिले पनि नेपालगञ्ज रंगशालाको भीआईपी प्यारापिटको काम जारी छ । मंगलबारदेखि शुरु भएको काम चैत २५ गतेभित्र सक्ने बुझिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal