आठौं राष्ट्रिय खेलकुदकाे मिती तय गर्न बाेलाइएकाे बाेर्ड बैठकमा बखेडा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१५
  • |
  • 237 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ प्रस्तावित मिती चैत्र २७ गते तोकिएको छ । तर यो मितीमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना भने सन्तुष्ट देखिएका छैनन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा विहान ११ बजे बोलाइएको बैठकमा मन्त्री आफै अहिलेसम्म उपस्थित भएका छैनन । पुर्वाधार समयमा निर्माण हुन नसक्ने भन्दै मन्त्री र उपाध्यक्ष बैसाखमा प्रतियोगिता सार्नुपर्ने अडानमा रहेका छन भने अरु पदाधिकारी चैत्रमा नै हुनुपर्ने भन्दै अडान लिएका छन । जसका कारण बोर्ड बैठक अझै सुरु हुन सकेको छैन ।

चैत्रको २७ गते गरे पुर्वाधारको काम नसकिने अडानमा मन्त्री र उपाध्यक्षको छ । यता सो काम चैत्र २५ गते नै सकिने दावी राखेपको रहेको छ । यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु विहानको समयमा गराउने पनि प्रस्ताव गरिएको छ । विहान नौ बजेसम्म सबै खेल खेलाइसक्नुपर्ने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal