राहुल द्रविडले यू–१९ विश्वकपको पुरस्कार रकम आधा बाँढ्ने

0

फागुन १६ । यू१९ टिमका प्रशिक्षक राहुल द्रविडले आफ्नो पुरस्कार रकम आधा गर्न गरेको प्रस्ताब भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले स्वीकार गरेको छ ।

अष्ट्रेलियालार्इ हराएर भारतले यू–१९ विश्वकपको उपाधि जितेपछि बीसीसीआईले प्रशिक्षक द्रविडलाई ५० लाख, खेलाडीलाई जनही ३० लाख तथा प्रशिक्षण टिमका सदस्यलाई जनही २० लाख दिने निर्णय गरेको थियो ।

तर द्रविडले गोप्य रुपमा बीसीसीआईका सीईओ राहुल जोहरीलाई खेलाडी भन्दा बढी पुरस्कार नदिन आग्रह गरेका थिए । आफुलाई घोषणा गरेको रकमको आधा रकमबाट घटाएर प्रशिक्षण दलका अन्य सदस्यलाई पनि २५ लाख दिन आग्रह गरेका थिए ।

Post Add 1025X115
Loading...