च्याम्पियन्स लिगकाे नियम फेरियाे, अब यसरी हुन्छ छनाेट

0

फागुन १६ ।  युरोपेली फुटबल महासंघ युइएफएले च्याम्पियन्स लिगमा सहभागिता जनाउने टिमका लागि नयाँ नियम लागु गरेको छ ।

युइएफएले दुई बर्ष अघि यो घोषणा गरेको थियो । जुन घोषणा अनुसार युरोपेली क्लब प्रतियोगिताको आधारमा रहने वरियता क्रमका शीर्ष चार देशका शीर्ष चार क्लबले छनोट चरण खेल्नुपर्ने छैन ।

सन् २०१८/१९ सिजनबाट लागु हुने गरी जारी गर्न लागेको यो नियमले इंग्ल्याण्ड, स्पेन, इटली र जर्मनीको घरेलु लिगमा शीर्ष चारभित्र पर्ने टिमले सोझै समुह चरणमा स्थान बनाउनेछन् ।

यस अघि चारैवटा देशका लिगका चौथो स्थानमा रहने टिमले होम एण्ड अवे छनोट खेल्नु पर्ने नियम थियो ।

यस अघि च्याम्पियन्स लिगमा २२ वटा टिमले सोझै स्थान बनाउँदै आएका थिए । ३२ मध्य बाँकी ६ टिमले भने छनोट चरण खेल्नुपर्नेछ ।

डिफेन्डिङ च्याम्पियन र युरोपा लिगका विजेताले पनि समुह चरण खेल्न पाउने सुविधा थियो । यो सुविधालाई भने युइएफएले कायमै राखेको छ ।

Post Add 1025X115
Loading...