आईटीएफ टोली मलेसिया जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१४
  • |
  • 852 पटक हेरिएको

काठमाडाैं, १४ चैत ।  प्रथम एसियाली प्यासिफिक आईटीएफ तेक्वान्दो– डो स्कुल च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसियाको सेलङगोर प्रस्थान गरेको छ ।

प्रतियोगितामा सविना श्रेष्ठ, दिनेश भण्डारी, कुशन घर्ती मगर, भूपेन्द्र रोका मगर, विमल घर्ती मगर र विपिन श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

टोली नेतामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का अध्यक्ष अञ्जन धमला, निर्णायकमा रुपसिंह मोक्तान तामाङ र मेउगिता खतिवडा, अफिसियलमा अंकबहादुर घर्ती मगर तथा प्रशिक्षकमा विकल पौडेल र चन्द्रबहादुर तामाङ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र वरिष्ठ अधिकृत कमल खनालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मार्च २९ देखि ३१ तारिखसम्म हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal