Prabhu Bank

सातदोवाटो मैदान स्तरोन्नतिका लागि जापानको ७४ लाख सहयोग

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 0 पटक हेरिएको

फागुन १६, काठमाडौं । सातदोवाटोस्थित एन्फा फुटबल मैदानको स्तरोन्नतिका लागि जापान सरकारले अखिल नेपाल फुटबल संघलाई ७४ लाख रुपैयाँ सहयोग गरेको छ ।

जापानको स्पोर्टस फर टुमरो र ग्रान्ट एसिस्टेन्स फर कल्चरल ग्रासरुट प्रोजेक्ट अन्तर्गत सातादोवाटो रंगशाला निर्माण तथा अन्य सुविधा थप गर्नका लागि सहयोग गरेको जापानी राजदूताबासले जनाएको छ । सम्झौता अनुसार एन्फा रंगशालामा प्लेयर्स लकर रुम, टेक्निकल रुम र अफिस रुपको फर्निसिङ र चर्पी निर्माणमा यो रकम खर्च गरिनेछ ।

बुधबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फा महासचिव धिरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

जापानले सन् २०२० मा ओलम्पिक तथा पाराओलम्पिक गेम्सको आयोजना गर्दैछ । खेलकुदको माध्यमबाट जापानलाई विश्व समुदायमा जोड्ने उद्देश्यले सुरु गरिएको स्पोर्टस फर टुमरो अभियान अन्तर्गत उसले नेपालको खेल क्षेत्रको पूर्वाधार विकास तथा टेक्निकल ट्रेनिङ सहयोग उपलब्ध गराएको हो ।