Prabhu Bank

फुटबल टिमको कप्तानी गर्दै किर्तीमानी बोल्ट

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 2 पटक हेरिएको

किर्तीमानी ओलम्पिक धावक युसेन बोल्ट निकट भविष्यमा नै फुटबल मैदानमा देखिने भएका छन ।

१० जुनमा म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने च्यारीटी खेलमा बोल्ट फुटबल खेल्नेछन । सकर एड नामको च्यारिटी खेलमा बोल्टले विश्व ११ को कप्तानी गर्नेछन । बोल्टका साथै सो खेलमा फुटबलसँग सम्बन्ध नभएका अन्य खेलाडीले पनि सहभागिता जनाउँदैछन् ।

८ पटकका ओलम्पिक स्वर्ण विजेता बोल्टले यसअघि बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिने खुलासा गरेका थिए । साथै उनले म्यान यू को मैदानमा फुटबल खेल्ने इच्छा भएको बताएका थिए ।

लगातार ३ वटा ओलम्पिकमा ट्रिपल स्वर्ण जितेका  बोल्टको एउटा स्वर्णपदक डोपिङका कारण खोसिएको थियो । उनका समकक्षी साथि डोपिङमा असफल भएपछि रिलेको स्वर्ण खोसिएको हो ।

 

भर्खरै

Advertisement