चोटका कारण नाडाललाई काेर्टमा फर्कन अझै समय लाग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१६
  • |
  • 198 पटक हेरिएको

विश्व बरियतामा दोस्रो स्थानमा रहेका स्पेनीस खेलाडी राफेल नाडाललाई अझैपनि चोटले सताइ रहेको छ ।

बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनका बेला चोटका कारण खेल नै वाकओभर दिएका नाडालको सो चोट अझैपनि निको हुन सकेको छैन । जसका कारण उनले मेक्सिकन ओपन टेनिसबाट पनि नाम फिर्ता लिएका छन ।

क्ले कोर्टका बादशाह मानिने नाडालले अहिलेसम्म १६ वटा ग्राण्डस्लामको उपाधि जितिसकेका छन । अष्ट्रेलियन ओपनका बेला हिम इन्जुरी भएपछि नाडालले मरिन सिलिचलाई खेल छोडेका थिए ।

३१ बर्षे नाडालले प्रशिक्षणका क्रममा अझैपनि आफनो हिप दुख्ने भएकाले श्वास्थ्यमा कुनै चुनौती लिन नसक्ने भन्दै नाम फिर्ता लिएको बताए ।

मेक्सिकन ओपनको पहिलो खेलमा नाडालले आफनै देशका फलीसियानो लोपेजसँग खेल्ने तालिका थियो । तर अझै चोट बाँकि रहेकाले नाडालको कमब्याक हुन समय लाग्ने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey