१० बर्षपछि स्पान्योलले रियल मड्रिडलाई हरायो

0

फागुन १६ । जेरार्ड मोनेरोले इन्ज्युरी समयको अन्तिम सेकेण्डमा गोल गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिड स्पान्योलसँग पराजित भएको छ ।

स्पान्योलले रियल मड्रिड विरुद्ध एक दशकमा पहिलो जित हात पारेको हो । सन् २००७ देखि स्पान्योलले रियललाई हराउन सकेको थिएन ।

त्यसपछि खेलेको २२ खेलमा तीनवटा बराबरी भएको थियो भने बाँकीमा रियल विजयी भएको थियो ।

क्रिष्टियानो रोनाल्डोलाई आराम दिएका जिनेदिन जिदानेको टिमविरुद्ध मोनेरोले इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्जियो गार्सियाको पासमा गोल गरेका थिए ।

यस अघिको पाँच खेलमा लगातार जित हात पारेको रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १४ अंकले पछि छ । यद्यपी बार्सिलोनाले एक खेल कम खेलेको छ । स्पान्योल भने ३१ अंक सहित १३ औं स्थानमा उक्लिएको छ ।

Post Add 1025X115
Loading...