आठाैं खेलकूदः चैतकाे तयारी बैशाखकाे उद्घाटनले सरकारलाई कति घाटा?

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१२
  • |
  • 201 पटक हेरिएको

मुक्तिबाबु रेग्मी-

सरकारलाई अहिले आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता चुनौती बन्दै गएको छ । डिसेम्बरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट हुने प्रमुख प्रतियोगिताको रुपमा रहेको आठौं राष्ट्रिय खेलकूद समयै नहुँदा खेलाडी त मारमा परेका छन् नै १३ औं सागको तयारी पनि प्रभावित हुने सम्भावना उत्तिकै छ ।

आठौंमा मेडल जित्ने खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाउने यसअघि नै घोषणा गरिएकाले प्रतियोगिता ढिला हुँदा बैदेशिक प्रशिक्षण पनि ढिला शुरु हुने र यसले नतिजामा पनि प्रभाव पार्ने छ ।

नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा आठौं राष्ट्रिय खेलकूद प्रदेश पाँचको नेपालगञ्जमा आयोजना गर्ने तयारी भइरहेको छ । मंसिरमा गर्नु पर्ने प्रतियोगिता पुस, माघ, फागुन, चैत भन्दै सर्दै आईरहेको छ । चैतको दोस्रो सातामै गर्ने गरि तयारी गरिए पनि खेलाडीहरु एसईई परीक्षामा सहभागी हुनुपर्ने र नेपालगञ्ज रंगशालाको भीआईपी प्यारापिटको छतको सामान नआउँदा समयमै निर्माण सकिएको छैन् ।

सोमबार मात्रै सबै सामान नेपालगञ्ज आइपुगेकाले अबको १२ दिन भित्र सबै काम सकिने जनाइएको छ । अहिले युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राखेपका सदस्य सचिव केशव कुमार विष्ट नेपालगञ्जमा रहेका छन् । सोमबार विभिन्न पूर्वाधारको अबलोकन पनि सँगै गरेका थिए । पूर्वाधारको अबलोकन पछि मन्त्री विश्वकर्माले बैशाखको दोस्रो साता प्रतियोगिता आयोजना गर्नु पर्ने धारणा राखे पछि अहिले नेपालगञ्ज तरंगीत भएको छ ।

राखेपका सदस्य सचिव विष्टले यसअघि २०७३ सालमा सातौं खेलकूद भएको र २०७५ भित्रै आठौं खेलकूद हुने हुँदा व्यवहारिकरुपले दुई दुई वर्षमा आयोजना हुने भनिएको मिति पनि पर नजाने तर्क गर्दै आएका छन् । तर मन्त्री विश्वकर्माको भनाईले राखेपलाई अहिले अप्ठेरो परेको छ ।

आठौं राष्ट्रिय खेलकूदका लागि राखेपले खेलाडीलाई प्रदान गर्ने, मेडल, ट्रयाक सुट, लेटर प्याड लगाएत विविध प्राविधिक कुराहरुमा ‘आठौं राष्ट्रिय खेलकूद २०७५’ लेखिएको छ । यदि बैशाखमा प्रतियोगिता उद्घाटन गर्नु पर्ने अवस्था आए यी सबै कुराहरु काम नलाग्ने निश्चित प्राय छ ।

२०७५ सालमै गर्ने गरि तयारी गर्दा अहिलेसम्म झण्डै ९० लाख रुपैयाँ खर्च भइसकेको छ । फेरि नयाँ तरिकाले गर्दा थप त्यति रकम लाग्ने र टेण्डर लगाएतका कुराले प्रतियोगिता नै आयोजना गर्न नसकिने अवस्थामा पुग्ने खतरा पनि बढेको छ ।
त्यस्तै वैशाखमा प्रतियोगिता आयोजना गर्दा खेलाडी माथि पनि खेलवाड हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । आठौंमा खेल्ने अधिकाम्स खेलाडीहरु कक्षा बाह्रको परीक्षाको तयारीमा पनि छन् ।

कक्षा बाह्रको परीक्षा बैशाख १० गतेदेखि शुरुहुँदै छ । यसैगरी बैशाखको दोस्रो साता प्रतियोगिता आयोजना गर्दा खेलाडीले परीक्षा र आठौं रोज्नुपर्ने बाध्यता पनि आउन सक्छ ।
राखेप स्रोतका अनुसार आफूहरुले यसअघि विद्यार्थीको एसइई परीक्षा र कक्षा बाह्रको परीक्षाका कारण प्रतियोगिता चैतको अन्तिम साता शुरु गरेको बैशाखको ५–७ गतेभित्र सक्ने गरि आयोजना गर्नु पर्नेमा जोड दिइएको हो । चैतको ३० गतेभित्र प्रतियोगिता उद्घाटन गर्दा प्राविधिक कुनै पनि कुराको समस्या नपर्ने भएकाले बैशाखमा जान नहुने राखेपको तर्क छ ।

याे पनि

नेपालगञ्ज रंगशालाको भीआईपी प्यारापिट जडान शुरु (फाेटाे फिचर)

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey