मन्त्रीसहित राखेपका पदाधिकारीद्वारा आठौँका संरचनाको निरीक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-११
  • |
  • 359 पटक हेरिएको

नेपालगन्ज ११ चैत ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि रुपन्देही, दाङ, बर्दिया र बाँकेमा निर्माण भइरहेका पूर्वाधारको निरीक्षण गरेका छन् ।

रुपन्देहीको बुटवल, दाङ हुँदै बर्दिया पछि बाँकेमा निर्माण सम्पन्न भएका र निर्माणाधिन संरचनाको निरीक्षण गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

प्रतियोगिताका लागि निर्माणाधिन अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री सुनारले तीब्र गतिमा निर्माणको काम भइरहेको बताए । अधिकांश संरचना अन्तिम चरणमा पुगेको बताउँदै उनले केहि संरचना सम्पन्न हुने क्रममा रहेको बताए ।

उनले निर्माण कम्पनी र प्राविधिकसँग पनि निर्माणाधिन संरचनाका बारेमा राय, सुझाव लिएका छन् । नेपालगन्ज रंगशालामा निर्माण कम्पनी र प्राविधिकसँग निर्माणाधिन पूर्वाधारका बारेमा जानकारी लिएको अध्यक्ष ओलीले बताए । उनले भिआइपी प्यारापिट, ट्रयाक एण्ड फिल्ड, सुटिङ, भारोत्तोलन, स्विमिङ, कवर्ड हल लगायतका संरचनाको अवस्थाका बारेमा मन्त्री सुनारले जानकारी लिए ।

मन्त्री सुनारले दाङको बेलझुण्डीमा निर्माणाधिन ट्रयाक एण्ड फिल्ड, घोराहीको बास्केटबल कोर्ट, तुलसीपुरको कराँते कवर्ड हल, लमहीको क्रिकेट मैदान, घोराहीको ब्याडमिन्टन कोट, बाँकेको कोहलपुरस्थित क्रिकेट मैदान, बर्दिया बाँसगढीको कवड्डी हल, भुरीगाउँको खो–खो, गुलरियाको एथलेटिक्स ट्रयाक, सेपाकटाक्रो हल लगायत संरचनाको निरीक्षण गरेर नेपालगन्ज फर्किएका छन् ।

उनीसँगै राखेपका सदस्य सचिव विष्ट, उपाध्यक्ष पिताम्वर तिम्सिना लगायतले पनि भौतिक पूर्वाधारको निरीक्षण गरेका थिए ।

हात्तीको छावा ‘मस्कट’ अनावरण

मन्त्री सुनारले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्ज रंगशालामा स्थापना गरिएको हात्तीको छावा ‘मस्कट’ को सोमवार अनावरण गरेका छन् ।

यसअघि ५ नंं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि अनावरण कार्यक्रम स्थगित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey