अन्तरकलेज बास्केटबलमा गोल्डेनगेट च्याम्पियन

0

फागुन १५, काठमाडौं । ग्रिनफिल्डकप अन्तर कलेज बास्केटबल प्रतियोगितामा गोल्डेन गेट कलेज च्याम्पियन बनेको छ । मंगलवार भएको फाइनल खेलमा गोल्डेनगेटले प्राइम कलेजमाथी ६२–६० को रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्यो ।

बाफलस्थित आयोजकको कोर्टमा भएको फाइनल खेलमा गोल्डेनगेटले पहिलो क्वाटरमा १५–१५ को बराबरी खेलेको थियो । दोश्रो क्वाटरमा ३ अंकको अग्रता लिएको गोल्डेनगेटले प्राईमलाई १६–१३ ले पछि पारेको थियो । तेश्रो क्वाटरमा उत्कृष्ट पुनरागमन गरेको प्राईमले १९–१३ को अग्रता लियो । तेश्रो क्वाटरको समाप्ति सगै प्राईमले ४७–४४ को अग्रता लिन सफल भयो । चौथो तथा निर्णायक क्वाटरमा गोल्डेनगेटले प्राईमलाई १८–१३ ले रोके पछि ६२–६० स्कोरले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

फाईनल खेलमा गोल्डेनगेटका भुवन थपलियाले १७ स्कोरको योगदान दिए । प्राईमका पारस योञ्जनले उत्कृष्ट प्रदर्शन गदै सवाधिक २७ स्कोर गरे पनि टिमलाई पराजयबाट बचाउन सकेनन् ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका गोल्डेनगेटका अभिषेक सिंह उत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगिता अवधिभर १ सय २१ स्कोर गरेका प्राईमका प्रज्वल महर्जनले उच्चतम स्कोर कर्ताको उपाधि पाए ।

Post Add 1025X115
Loading...