एपीएफमा भलिबल, ब्याडमिन्टन र टेनिसका प्रतियोगिता शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१०
  • |
  • 271 पटक हेरिएको

 नेपाल एपीएफ क्लवको आयोजनामा आइतबारदेखि तीन वटा खेलकुदका इभेन्ट शुरु भएका छन् । एपीएफले वार्षीकरुपमा आयोजना गर्दै आएको ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ शुरु भएको हो ।

प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले हलचोकमा भएको उद्घाटन समारोेहमा सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा सटल कर्क हस्तान्तरण गरेका थिए । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना काल सँगै नेपाल एपीएफ क्लवको स्थापना गरी राष्ट्रको खेलकुदको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको बताए ।

सशस्त्र प्रहरी बल, नेपालले विगत लामो समयदेखि ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्दै आइरहेको उल्लेख गनुहुँदै यस्ता प्रतियोगिताले देशभर छरिएर रहेका खेलप्रतिभाहरुलाई एकिकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

प्रतियोगिता अन्तर्गत आइतबार ब्याडमिन्टन पुरुष एकलतर्फको खेलमा भोजबहादुर गुरुङ्ग, अनिष कटुवाल, गोकुल तामाङ, आशिष तामाङ, रोशन कुमाल, अमृत चौधरी, बिजय बानियाँ, गोकुल जोरा, अनिष खतिवडा, गोकुल तामाङ र प्रियान्सुसिंह क्षेत्री विजयी भएका छन् । यसैगरी लनटेनिस तर्फको खेलमा सुरजकुमार श्रेष्ठ, किरनजंग कुवँर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ्ग, राम राणा, कृष्ण कार्की, कुमार तामाङ्ग, पल मार्टिन सोल, देव क्षेत्री, सुकमान तामाङ्, भीष्मजंग गुरुङ्ग, रोहित सुनुवार, काजीमान गुरुङ्ग, राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ्ग, गोपी भट्टराई, अमृत रोका, राजेश क्षेत्री, महेश श्रेष्ठ, ध्रुव गुरङ्ग, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भएका छन् ।

समारोहमा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य ईन्दिरा निरौला लगायत विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey