प्लस टु क्रिकेट लिगमा ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस बिजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-१०
  • |
  • 184 पटक हेरिएको

काठमाडाैं, १० चैत । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालित अस स्टडीज प्लस टु टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको चौथो दिन  ब्रम्हास्मी र हिमालयन ह्वाईट हाउस कलेज बिजयी भएकोछ ।

आईतबार सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिङ को निम्तो पाएको ब्रम्हास्मीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षेतीमा १७१ बनाउन सफल भएको थियो । ब्रम्हास्मीका आइस भट्टराईले ४५ बलमा ६ चौका को मद्दतले ५१, महेश रानाले २१बलमा ६ चौका प्रहार गर्दै ३६ र अर्जुन गिरीले २६ बलमा २५ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ युनिग्लोव कलेजका हर्षा अधिकारीले २, निरज पाल,रौनक ढुङगाना र आयुष मरासनि समान १÷१ वीकेट लिएका थिए ।

१७२ रनको लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको युनिग्लोवले १७.१ ओभरमा ६ विकेट गुकाउदै ८७ समेटिदा ८४ रनले पराजय भयो । युनिग्लोवका सन्तोष तिमिल्सेना ले ३१ र बिसाल कुवरले ले २९ रन बनाएका थिए

बलिङ तर्फ ब्रम्हास्मी का म्यान अफ द म्याच घोषित मिलन भट्ट ले ४ ओभरमा १८ रन खर्चिदै ५ विकेट लिएका थिए भने अजय बिक्रम अधिकारीले १ वीकेट लिएका थिए

आईतबारै सम्पन्न दोस्रो खेलमा हिमालयन ह्वाईट हाउस कलेजले मोर्गन कलेज लाई १४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङमा उत्रेको हिमालयन ह्वाईट हाउस कलेजले २० ओभरमा ६ विकेट को क्षेतीमा १४५ रन बनाएको थियो ।  ह्वाईट हाउस का आयुष बस्नेतले ५० बलमा ५० रन, खडक बोहोराले १९ बलमा ४० रन सुशान्त सिह ले १३ बलमा १९ रन नाएका थिए ।

  बलिङ तर्फ अरुन ऐरी,संगम वली, आयुषमान बलले समान १-१विकेट लिएका थिए । १४६ रनको लक्ष्य पच्छया्उदै जवाफी ब्याटिङमा उत्रेको मोर्गन कलेजले २० ओभर खेल्दै ७ विकेट गुमाएर १३१ रन बनाउदा १४ रनले पराजय बेहोरेको थियो । मोर्गनका म्यान अरुन ऐरीले ४७ बलमा ६० रन, सचिन शर्माले २५ बलमा २२ रन बनाएका थिए ।

 बलिङ तर्फ ह्वाईट हाउसका सुशान्त सिहले ४ अनेभर मा १ मेडन राख्दै ६ रन २ विकेट, निश्चल रन्जित,पवन कार्की र आरियो पौडेल, खडक बोहोराले समान १÷१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडक बोहोरा भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey