आठौं राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडीले सहभागीता जनाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०९
  • |
  • 229 पटक हेरिएको

–मुक्तिबाबु रेग्मी–

काठमाडौं, ९ चैत । प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गैह्र आवसायि खेलाडीहरुले पनि सहभागिता जनाउने भएका छन् ।

यस विषयमा यअसअघिनै निर्णय भइसकेको छ । जसले गर्दा आउँदो आठौंमा सात वटा प्रदेश, तीन विभागीय र एउटा एनआरएनको समूहले प्रतिस्पर्धा गर्ने छन् ।

एनआरएनले टिम इभेन्टमा नभई इन्डिभिजियूल इभेन्टमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । यस विषयमा औपचारिक जानकारी आइतबार गराउने बुझिएको छ ।

एनआरएनको युवा तथा खेलकूद सचिवब श्रीराम घिमिरेले ८ वटा इभेन्टमा २४ जना एनआरएन खेलाडीले सहभागीता जनाउने बताए । उनले भने ‘बाहिरबाट आउने खेलाडीहरुलाई विदा मिलाउनै अप्ठेरो पर्ने भएको छ, फेरि पटक पटक प्रतियोगिताको मिति सरेकाले पनि झनै अप्ठेरो पर्न गयो ।’

माघदेखि प्रतियोगिता गर्ने भनेर कुराउँदा कुराउँदा अहिले चैत २७ गतेबाट गर्ने भन्ने कुरा आएकाले त्यसै अनुसार तयारी भइरहेको पनि घिमिरेको भनाई छ ।

पहिलो पटक एनआरएनले आठौं खेलकूदमा सहभागीता जनाउन लागेकाले बाहिरबाट खेलाडी आउनु पर्ने भएकाले धेरै खेलाडी भने नभएको उनको भनाई छ ।

अहिले एनआरएनले आठ वटा खेलमा सहभागीता जनाउने छन् । तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, म्याराथन, र बक्सिङ लगायतका खेलमा सहभागीता जनाउने छन् ।

एनआरएनको ८० वटा देशमा सञ्जाल भए पनि नेपालमा खेल्न आउने खेलाडीहरु भने ७ वटा देशमा रहेका एनआरएनहरु रहेको पनि जनाइएको छ ।

यसपटक यूएई, मलेसिया, हङकङ, अस्ट्रेलिया, अमेरिका, मकाउ, जापानमा बस्ने एनआरएनले सहभागीता जनाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey