जर्मनीका प्रशिक्षक जाेचिम लाे अार्सनलकाे नजरमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 475 पटक हेरिएको

फागुन १५ । आर्सनलले आर्सने वेङ्गरको विकल्प खोज्न थालेको छ ।

लिग कपको फाइनलमा म्यान्चेष्टर सिटीसँग पराजित भएपछि आर्सने वेङगरको चर्को आलोचना हुँदा क्लबले नयाँ प्रशिक्षकका लागि उपयुक्त उमेदवारको खोजी सुरु गरेको छ ।

जर्मनीका प्रशिक्षक जोचिम लो, इटालियन प्रशिक्षक कार्लाे एन्सलाेट्टी, मोनाकोका प्रशिक्षक लियोनार्दो जार्दिम, सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजर्स र म्यान्चेष्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटा आर्सनलको सुचिमा छन् ।

यस सिजनको अन्तिमसम्ममा आर्सनेको प्रशिक्षणमा क्लबको प्रदर्शनले उनको भविष्य निर्धारण गर्नेछ । वेङ्गरले आर्सनललाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान दिलाउन सकेमा आर्सनलमा उनको आर्सनलसँगको सहकार्य लम्बिन सक्नेछ । तर हाल आर्सनल २७ खेलबाट ४५ अंक जोड्दै छैटौं स्थानमा छ । च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि आर्सनल लिगमा कम्तिमा चौथो स्थानमा रहनु पर्नेछ ।

अहिले आर्सनल चौथो स्थानमा रहेको टोटनह्याम भन्दा १० अंकले पछि छ । लिगमा उसले म्यान्चेष्टर युनाइटेड र म्यान्चेष्टर सिटीको सामना गर्न बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey