आयोजक ह्वाइटहाउस सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०७
  • |
  • 191 पटक हेरिएको

नेप्लेज, ७ चैत । आयोजक ह्वाइटहाउस ह्वाइटहाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ह्वाइटहाउसले इन्साइट भिजनलाई ५९–२७ ले सहजै पराजित ग¥यो । ह्वाइटहाउसको जितमा नयन बमजनले २३ अंक योगदान गरे ।

सबै क्वाटरमा अग्रता लिएको ह्वाइटहाउसले पहिलोमा १२–९, दोश्रोमा १७–१, तेश्रोमा ८–७ र चौथोमा २२–१० अंक जोड्यो ।

ज्ञान निकेतन र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । सुजन थपलियाको २० अंक सहयोगमा ज्ञान निकेतनले ट्रिनिटीलाई ६१–५९ को साँघुरो अन्तरले हरायो ।

सुरुका दुई क्वाटरमा अग्रता लिएको ज्ञान निकेतनले क्रमशः १५–१४ र १८–७ को प्रदर्शन ग¥यो । ट्रिनिटीले तेश्रोमा १७–१६ र चौथोमा २१–१२ को अग्रता लिएपनि जित हात पार्न सकेन ।

जेभियरले गोल्डेनगेटमाथि ६१–५८ को कठिन जित दर्ता ग¥यो । जेभियरका तेन्जिङ सोनामले १८ स्कोर गरे । पहिलो र चौथो क्वाटरमा दुवैले समान १६–१६ स्कोर गरे । जेभियरले दोश्रोमा १७–१२ को अग्रता लिएको थियो भने तेश्रोमा १२–१४ ले पछि प¥यो । सेमिफाइनलमा जेभियरको भेट ह्वाइटहाउससंग हुनेछ भने ज्ञान निकेतनले टाइम्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey