रवीन्चन्द्रन आश्विन पञ्जावको कप्तान घोषित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 182 पटक हेरिएको

फागुन १४ । किंग्स इलेभेन पञ्जावले रवीचन्द्रन आश्विनलाई कप्तान घोषणा गरेको छ ।

इण्डियन प्रिमियर लिग आईपीएलको आउँदो संस्करणका लागि पञ्जाले उनलाई ७.६ करोड भारुमा आबद्ध गरेको थियो । भारतीय टिमका स्पीनर आश्विनले घरेलु टिम तमिल नाडुलाई विभिन्न प्रतियोगितामा नेतृत्व दिएपछि आइपीएलमा उनले पहिलो पटक कप्तानको भुमिका निभाउने भएका हुन् ।

‘अरु खेलाडी भन्दा आश्विनले टि–२० धेरै राम्रोसँग बुझेका छन् ।’ पञ्जावका निर्देशक वीरेन्द्र सहवागले भने, ‘केही भिन्न गर्ने हाम्रो सोचाइका लागि आश्विन सर्वोत्तम विकल्प हुन् ।’

आश्विनले सन् २००९ देखि २०१५ सम्म चेन्नई सुपरकिंग्सबाट खेलेका थिए । चेन्नई प्रतिबन्धमा परेपछि उनीले सन् २०१६ मा राईजिङ पुने सुपरजायन्टबाट खेले भने स्वास्थ समस्याका कारण अघिल्लो सिजन कुनै खेल खेल्न सकेनन् ।

यसअघि सबै आईपीएलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेका आश्विनलाई आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्दै भारतीय टिममा पुनरागमनको बाटो समेत खुल्नेछ ।

आईपीएलको सबै संस्करणमा सहभागिता जनाएपनि पञ्जावले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal