पिएसजीलाई ठुलो धक्का, नेयमार १ महिना मैदानबाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 176 पटक हेरिएको

फागुन १५ । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडविरुद्धको महत्वपूर्ण खेलमा पिएसजीले स्टार खेलाडी नेयमारलाई गुमाउने भएको हो ।

ब्राजिलियन स्टार नेयमारको खुट्टामा चोट लागेपछि उनले च्याम्पियन्स लिग गुमाउने भएका हुन । उनको गोलीगाँठोमा चोट लागेपछि एक महिना मैदानबाहिर हुने भएका छन ।

घरेलु प्रतियोगिता लिग वान अन्तर्गत मार्सेविरुद्धको खेलमा नेयमार घाइते भएका थिए । सो खेलमा पिएसजी ३–०  ले विजयी भएको थियो । खेलका क्रममा मार्सेका बोउना सारसँग जुधेपछि नेयमार घाइते हुँदै मैदानमा ढलेका थिए । त्यसपछि आइतबार गरिएको  जाँचमा उनको खुट्टामा फ्राक्चर नदेखिएपनि विस्तृत जाँचमा भने मेटाटार्सल हड्डी भाच्चिएको देखिएको छ ।

पीएसजी क्लवले नेयमार कहिले फर्किने औपचारिक रुपमा नबताएपनि कम्तिमा १ महिना आराम गर्नुपर्ने जनाएको छ।  जसका कारण उनले रियल मड्रिड विरुद्धको खेल गुमाउने भएका छन ।

पीएसजीले आगामी मार्च ६ मा पार्क डेस प्रिन्सेसमा रियलको सामना गर्दैछ । यसअघि रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा पीएसजी १–३ गोलले पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal