आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०४
  • |
  • 217 पटक हेरिएको
नेप्लेज, ४ चैत । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिजः महर्जन रहेका छन् । महिलामा तारा सिवाकोटी, जेनिशा थापा, प्रकृति थापा मगर, सौभाग्य कोजु, सविक्षा सुवाल र रिजु रञ्जित छन् । सौभाग्य र रिजु ललितपुरका हुन् भने बाँकी पाँचै भक्तपुरका हुन् ।
सुटिङ :
महिला एयर राइफलमा सुस्मिता नेपाल र जुनु घिसिङ तथा एयर पेस्तोलमा संगीता गुरुङ कार्की र रुविना श्रेष्ठ छनोट भए । पुरुष एयर राइफलमा कृष्ण घोरासैनी र दीपक थापा तथा एयर पेस्तोलमा विपेश खड्का र उत्कर्ष थापा छानिए ।
कराते :
पुरुषतर्फ ५० केजीमा काभ्रेका साजन मोक्तान, ५५ केजीमा सिन्धुपाल्चोकका विजय श्रेष्ठ, ६० केजीमा रामेछापका फिन्चोक दोर्जे लामा, ६७ केजीमा मकवानपुरका आशिष थापा, ७५ केजीमा चितवनका किशोर लामा, ८४ केजीमुनि चितवनका रमेश तामाङ र ८४ केजीमाथि ललितपुरका विपिनराज सिंह छनोट भए । पुरुष एकल कातामा ललितपुरका युनोज महर्जन तथा टिममा रामेछापका विमल मगर, दिक्षित थापा र आदर्श लामा छानिए ।
महिला ४५ केजीमा काभ्रेकी मिना ब्लोन, ५० केजीमा नुवाकोटकी सविना श्रेष्ठ, ५५ केजीमा दोलखाकी रोजिता ढुंगेल, ६१ केजीमा काभ्रेकी सुनिता ब्लोन, ६८ केजीमुनि काभ्रेकी निरुपा तामाङ र ६८ केजीमाथि काठमाडौंकी कृशा शेर्पाले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने छन् । कृषा एकल कातामा सफल भइन् । महिला टिम कातामा ललितपुरका मिरा खाती, रेश्मा सुनुवार र रुजा कालिकोटे छनोट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey