फाइट जितेको केहि घण्टापछि बेलायती बक्सरको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 245 पटक हेरिएको

बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ बर्षको उमेरमा निधन भएको छ ।

शनिबार भएको लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केहि घष्टा पछि उनको उपचारका क्रममा निधन भएको हो ।

खेल सकिएलगत्तै सञ्चारमाध्यमसंगको कुराकानी पछि स्टक ब्याकस्टेजमा बेहोस भएर लडेका थिए । जसका कारण उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा उनको निधन भएको ब्रिटिस बक्सिङ संघले जनाएको छ । स्कटको निधनपछि यतिबेला बेलायती बक्सिङ खेलाडी आश्चार्यमा परेका छन भने ब्रिटिस बक्सिङ संघले खेलाडीको सुरक्षाका लागि नयाँ नियम बनाउनुपर्ने माग विश्व बक्सिङ महासंघलाई राखेको छ ।

इलिमिनेटर फाइट जितेपछि स्कटले अर्को राउण्डमा कुर्टिस उडहाउससँग खेल्ने तालिका थियो तर त्यो पनि रद्द भएको छ । ब्यवसायिक करियरमा उनले यसअघि ६ वटामा जित दुई हार र एक बराबरी बाउट खेलेका थिए ।

खेलको लगत्तै मृत्यु हुने स्कट एक्लो खेलाडी भने होइनन । गत जुन महिनामा क्यानडाका टिम हग पनि रिङमा उत्रिएको दुई दिन पछि ज्यान गुमाउन पुगेका थिए । यस्तै स्कटल्याण्डका माइक टावेलको २०१६ मा ब्रेन इन्जुरीका कारण मृत्यु भएका थियो । जसका कारण अघिल्लो साता टावेलका प्रतिद्धन्द्धी डेल इभान्सले बक्सिङमा चिन्ता र डर धेरै भएको भन्दै सन्यास लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal