आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट पौडी खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०३
  • |
  • 440 पटक हेरिएको
आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट खेलाडी छनोट भएका छन् । १२ पुरुष र ३ महिला गरी १५ खेलाडी छनोट भएको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।
पुरुषमा मोरङका सत्कार ढकाल, हर्ष ढकाल, कालुराम माझी, सार्थक श्रेष्ठ र अजय सोरेन, संखुवासभाका इशान बस्नेत, विकास कुमाल र विकेश कुमाल, उदयपुरका निमाङ तामाङ र सपल दाहाल, तेह्रथुमका जीवन कार्की तथा सुनसरीका दिवस शर्मा छनोट भए ।
महिलामा मोरङकी अनुष्का पोखरेल, ओखल्ढुंगाकी सुदीक्षा दाहाल र झापाकी प्रशंसा रिजाल छन् । प्रतियोगिता सुनसरीको इटहरीमा भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey