अफगानिस्तानका कप्तान अस्गर विश्वकप छनोट खेल्न नपाउने हुँदा नेपाललाई केहि फाइदा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 176 पटक हेरिएको

आइसीसी विश्वकप छनोट अगाडी अफगानिस्तानलाई झट्का लागेको छ भने त्यसको फाइदा नेपाललाई हुन सक्नेछ ।

अफगानिस्तानका कप्तान अस्गर स्टिानिकजाइ विरामी भएपछि जिम्बाब्बेमा हुने विश्वकप छनोटबाट बाहिर भएका छन् ।

अस्गर एपेन्डिक्सको सल्यक्रियाका कारण विश्वकप छनोटबाट बाहिरिएका हुन् । उनलाई कम्तिमा १० दिन बिश्राम लिन पर्नेछ ।

३० बर्षिय अस्गर छनोट खेल्न नसक्ने भए पछि रसिद खानले कप्तानीको भुमिका निर्वाह गर्ने छन् ।

उनले अफगानिस्तानको लागि ८३ एकदिवसिय खेलमा १५ सय ६५ रन बनाएका छन् ।

अफगानिस्तानले नेपाल बिरुद्ध अप्रिल १० तारिखमा खेल्नेछ । अफगानिस्तानले समुह चरणको आफ्नो पहिलो खेलमा भने मार्च चारमा स्कटल्यान्ड बिरुद्ध खेल्ने छ ।

अफगानिस्तानले २७ र एक तारिखमा दुईवटा अभ्यास खेलमा क्रमश वेष्ट ईण्डिज र नेदरल्यान्ड्सको सामना गर्नेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey