जेएफएमा फुटबल वर्कसप

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०२
  • |
  • 231 पटक हेरिएको

जुनियर फुटबल एकेडेमी (जेएफए) ले फुटबल तथा फिटनेससम्बन्धी विभिन्न ज्ञान दिने उद्देश्यले वर्कसप आयोजना गरेको छ ।

शनिबार बालुवाटारमा आयोजना गरेको वर्कसपमा विभिन्न विद्यालयमा अध्ययनरत एक सयभन्दा बढी छात्र छात्राको सहभागिता रहेको थियो ।

सहभागीलाई एकेडेमीका मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षत्री, थ्रीस्टार क्लबका प्रशिक्षक रवीन्द्र सिलाकार, गोरख केसी, किरण खनाल, पुष्प विष्ट र फिजियो आविष्कार पुडासैनीले प्रशिक्षण दिएका थिए ।

सहभागी छात्र छात्रालाई राष्ट्रिय फुटबल टोलीका खेलाडी भरत खवास र एकेडेमीका अध्यक्ष रिजन खड्काले प्रमाणपत्र प्रदान गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey