आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट जुडो खेलाडी छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०२
  • |
  • 268 पटक हेरिएको

काठमाडौं, २ चैत । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।

पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रन्जितकुमार यादव, ९० केजीमुनि झापाका मङलु मेचे र १०० केजीमुनि संखुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भए ।

महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey