प्राइम र गोल्डेन गेट अन्तर कलेज बास्केटबलको उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 191 पटक हेरिएको

ग्रिनफिल्डकप अन्तर कलेज बास्केटबल प्रतियोगितामा प्राइम र गोल्डेन गेट कलेज उपाधि नजिक पुगेका छन् ।

सोमबार भएको सेमिफाइनल खेलमा प्राइमले सीसीआरसीलाई ७१–६१ को अंकले पराजित गर्यो ।

प्राइमले पहिलोमा १५–१४ अग्रता बनाए पनि दोस्रोमा भने १४–२४ ले पछि पर्यो । त्यसपछि लयमा देखिएको प्राइमले तेस्रो र चौथोमा क्रमशः २१–८ र २१–१५ ले आफ्नो पक्षमा पार्दै समग्रमा ७१–६१ स्कोरमा हराउँदै उपाधि नजिक पुग्यो । विजेताका सन्तोष खत्रीले ३१ अंक बटुले ।

बाफलस्थित आयोजकको कोर्टमा भएको अर्को सेमिफाइनल खेलमा गोल्डेन गेटले टाइम्सलाई ८६–६० ले पराजित गर्यो ।

गोल्डेन गेटले पहिलो क्वार्टरमा लिएको २३–९ को अग्रतालाई दोस्रो क्वार्टरमा १९–२२ ले पछि पर्दा पनि तेस्रो र चौथो क्वार्टरमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुग्यो ।

गोल्डेन गेटले तेस्रोमा २०–१६ र चौथोमा २४–१३ को अग्रता लिएको थियो । फाइनल खेल मंगलबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey