आर्मीलाई हराउँदै फ्रेन्डस क्लव विकास रनिङ सिल्डको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 190 पटक हेरिएको

फागुन १४, चितवन । यो सिजन छ वटा उपाधि जितिसकेको त्रिभुवन आर्मीलाई हराउदै फ्रेण्ड्स क्लब चितवनमा जारी विकास रनिंग शिल्डको सेमी फाईनलमा प्रवेश गरेको छ ।

नारायणगढको क्याम्पा चौरमा भएको खेलमा फ्रेन्डसले आर्मीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हरायो ।

निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए । खेलको चौथो मिनेटमा नै फ्रेन्डस क्लवका जोनाल ग्लोरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर १२ औ मिनेटमा जर्ज प्रिन्स कार्कीले आर्मीका लागि गोल गर्दै खेल बराबरीमा पुरयाए । त्यसपछि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा फ्रेन्डस क्लवका गोलकिपर अनिल महतो नायक बने । आर्मीका शेजराज महतोले गोल गरेपनि बाकि खेलाडीको प्रहार असफल बन्यो ।

आर्मीका जर्जप्रिंस कार्की, विवेक बस्नेत र दिप कुमार लामाको प्रहार फ्रेण्डसका गोलकिपर अनिल महतोले रोक्न सफल भए ।

भोलिको खेल एनएफसी नारायणगढ र थ्रिस्टार क्लब बिच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal