ए लेभल थ्री बार्इ थ्री बास्केटबलमा मल्पी च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 174 पटक हेरिएको

फागुन १४, काठमाडाैं । मल्पी इन्स्टिच्युट ‘ए’ ले तेश्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

मण्डिखाटारमा भएको फाइनलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित ग¥यो । मल्पीको जितमा प्रसङ्गध्वज मास्केले सर्वाधिक १० अंक योगदान गरे । आकाश कर्मा गुरुङ र निकेश शाहले १–१ अंक थपे । काष्ठमण्डपका श्रृजन डंगोलले ४ तथा युनिश महर्जनले २ स्कोर गरे ।

सोमबारै भएको सेमिफाइनलमा मल्पी ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–६ तथा काष्ठमण्डपले गत दुवै संस्करणको विजेता साइपाल एकेडेमीलाई १०–९ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनलका सर्वाधिक स्कोरकर्ता प्रसङ्ग ‘मोस्ट भेलुएबल प्लेयर चुनिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey