गणेश थापाले खाेले नेपाल स्पाेर्टस अर्गनाइजेसन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 399 पटक हेरिएको

फागुन १४, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा फेरी खेलकुदमा फर्किएका छन । भ्रष्टाचारको कारण फिफाबाट १० बर्षका लागि फुटबलबाट निलम्बनमा परेका थापाले आफनो अध्यक्षतामा नेपाल स्पोर्टस अर्गनाइजेसन स्थापना गरेका छन् ।

काठमाडौमा आयोजना भएको कार्यक्रममा थापाले नयाँ खेलकुद सम्बन्धि सस्था स्थापना गरेको बताए । ‘केही समययता खेलक्षबाट टाढा रहेको अवस्थामा यो संस्थाको माध्यमबाट नेपाली खेलक्षेत्रलाई अगाडी बढाउन पर्छ र सक्दो सहयोग गर्नुपर्छ ।’ अध्यक्ष थापाले भने ।

सो संस्थाले तीन महिनापछि भब्य रुपमा ब्याटमिन्टन प्रतियोगिता गर्ने लक्ष्य राखेको छ । साथै ओझेलमा परेका खेलाडीलाई खोजेर सम्मान गर्ने र देशभरबाट नयाँ प्रतिभाको खोजी गरेर देशलाई पदक दिलाउन सक्ने गरि खेलाडी तयार पार्ने योजना रहेको बताए ।

‘ब्यक्तिगत खेलमा दक्षिण एसियाली क्षेत्रमा स्वर्ण पदक जित्ने खेलाडी उत्पादन गर्ने लक्ष्य संघको छ ।’ अध्यक्ष थापाले बताए ।

यसका साथै आगामी दिनमा अरुपनि खेलकुद प्रतियोगिता गर्ने थापाले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey