किरणको टिम मिर्नभाले आई लिगमा निकाल्यो अर्को जित, शिर्ष स्थानमा उक्लियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 192 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङको टिम मिर्नभा पञ्जाव एफसी इन्डियन फुटबल लिगको पुनः शिर्ष स्थानमा उक्लिएको छ ।

गुडगाउँमा भएको खेलमा मिर्नभाले ऐजावललाई दुई शुन्यले हराउदै पुनः शिर्ष स्थानमा उक्लिएको हो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५१ औ मिनेटमा आकाश सगंनले गोल गर्दै मिर्नभालाई अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अर्नावादले गोल गर्दै टिमलाई २-० को जित दिलाए ।  पुरै खेलमा किरणको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

किरणले विपक्षीका चार वटा आक्रमणलाई विफल पारेका थिए । जितपछि मिर्नभाले १६ खेलबाट ३२ अंक बनाउदै शिर्ष स्थानमा उक्लिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey