राहुल र पलिस्थाले विश्व च्याम्पियनसिपमा भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२८
  • |
  • 191 पटक हेरिएको

थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटक नाम लेखाउन सफल दिनेश सुनारले बिदाई गरे । नेपाली टोली बुधबार बैकंकतर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए । टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् । राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey